प्याक्स सिलिका एलायन्समा भारतको प्रवेश, प्रविधि आपूर्ति शृंखलामा नयाँ समीकरण
- BFIS News
- 2026 Feb 20 12:52
काठमाडौं। भारत अमेरिकी नेतृत्वमा स्थापना भएको ‘प्याक्स सिलिका’ एलायन्समा औपचारिक रूपमा सहभागी भएको छ।
सेमिकन्डक्टर, कृत्रिम बुद्धिमत्ता र महत्वपूर्ण खनिजको आपूर्ति शृंखला सुदृढ गर्ने उद्देश्यसहित गठन गरिएको उक्त बहुपक्षीय समूहमा भारतलाई शुक्रबार सदस्यता प्रदान गरिएको हो।
गत वर्ष अमेरिकाको नेतृत्वमा स्थापना भएको Pax Silica Allianceमा प्रारम्भदेखि नै United States, Japan, South Korea, Australia, Singapore, Israel, United Kingdom, Qatar र United Arab Emirates सदस्य रहँदै आएका छन्। भारतमा आयोजित एआईसम्बन्धी सम्मेलनका क्रममा भारतलाई सदस्यता दिइएको हो।
गठबन्धनको मुख्य उद्देश्य कम्प्युटर तथा उन्नत प्रविधिमा प्रयोग हुने सेमिकन्डक्टर (चिप), कृत्रिम बुद्धिमत्ता (एआई) र महत्वपूर्ण खनिजहरूको विश्वव्यापी आपूर्ति शृंखलालाई सुरक्षित, विविधीकृत र दिगो बनाउनु हो। ‘प्याक्स’ शब्दले शान्ति र स्थिरता जनाउँछ भने ‘सिलिका’ आधुनिक चिप उत्पादनमा प्रयोग हुने सिलिकनसँग सम्बन्धित छ।
यद्यपि आधिकारिक रूपमा कुनै देशलाई लक्षित गरिएको उल्लेख गरिएको छैन, विश्लेषकहरूले यस पहललाई प्रविधि क्षेत्रमा चीनको प्रभाव कम गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। विश्वव्यापी सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स आपूर्ति शृंखलामा चीनको प्रभाव उल्लेखनीय रहेको पृष्ठभूमिमा साझेदार देशहरूबीच विश्वसनीय सञ्जाल निर्माण गरी एकै देशमाथिको निर्भरता घटाउने लक्ष्य राखिएको बताइएको छ। यसलाई अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिसँग जोडेर पनि हेरिएको छ।
भारतको सहभागितालाई सेमिकन्डक्टर उत्पादन र एआई अनुसन्धान विस्तारका लागि अवसरका रूपमा विश्लेषण गरिएको छ। भारत सरकारले सेमिकन्डक्टर उत्पादन प्रवर्द्धनका लागि नीतिगत पहल अघि बढाइसकेको छ। गठबन्धनमा आबद्धतासँगै प्राविधिक सहकार्य, लगानी आकर्षण, अनुसन्धान साझेदारी र आपूर्ति शृंखला विस्तारमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया