NIMB Header 2
Nepal Life

एसिया–प्रशान्त क्षेत्रका लागि आईसीए राजदूतमा दीप्ति आचार्य नियुक्त

National Life
  • BFIS News
  • 2026 Feb 20 13:04
एसिया–प्रशान्त क्षेत्रका लागि आईसीए राजदूतमा दीप्ति आचार्य नियुक्त
Sanima Reliance

काठमाडौं। International Curriculum Association (आईसीए) ले सन् २०२५–२०२६ कार्यकालका लागि एसिया–प्रशान्त क्षेत्रको राजदूतमा दीप्ति आचार्यलाई नियुक्त गरेको छ।

Shikhar
NIMB

विश्वका ९० भन्दा बढी देशका एक हजारभन्दा बढी विद्यालयसँग सहकार्य गर्दै आएको संस्थाले अन्तर्राष्ट्रिय पाठ्यक्रम प्रवर्द्धनमा उनको योगदानको आधारमा उक्त जिम्मेवारी दिएको जनाएको छ।

दीप्ति आचार्य संस्कृति इन्टरनेसनल स्कुलकी संस्थापक निर्देशक हुन्। राजदूतको हैसियतमा उनले नेपालसहित छिमेकी देशहरूमा आईसीएको प्रतिनिधित्व गर्दै संस्थाअन्तर्गत सञ्चालित इन्टरनेसनल अर्ली इयर्स करिकुलम (आईईवाइसी), इन्टरनेसनल प्राइमरी करिकुलम (आईपीसी) र इन्टरनेसनल मिडल इयर्स करिकुलम (आईएमवाईसी) कार्यान्वयनमा सहजीकरण गर्नेछिन्। शिक्षक सञ्जाल विस्तार तथा पाठ्यक्रमको प्रभावकारी प्रयोगमा मार्गदर्शन गर्ने जिम्मेवारी पनि उनको हुनेछ।

आईसीएका अनुसार आचार्यले करिब दुई दशकदेखि प्रगतिशील शिक्षाको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। उनको नेतृत्वमा सञ्चालित संस्कृति इन्टरनेसनल स्कुल दक्षिण एसियामा आईपीसी मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बनेको थियो।

आईसीएले सञ्चालन गर्दै आएको ‘आईसीए एम्बासडर’ कार्यक्रममार्फत अन्तर्राष्ट्रिय पाठ्यक्रम कार्यान्वयनमा अनुभव र नेतृत्व क्षमता देखाएका शैक्षिक व्यक्तित्वलाई छनोट गरिन्छ। संस्थाकी निर्देशक सारा ब्ल्याकमोरले आचार्यको नियुक्तिले एसिया–प्रशान्त क्षेत्रमा विस्तार भइरहेको विद्यालय सञ्जाललाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।

आचार्य एएमआई–प्रशिक्षित मन्टेश्वरी शिक्षिका हुन्। उनले अमेरिकाबाट मन्टेश्वरी शिक्षामा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् र अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा कार्यरत रहँदै आएकी छन्। साथै, महिला तथा बालअधिकारसम्बन्धी सामाजिक गतिविधिमा पनि संलग्न रहँदै आएकी छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया