NIMB Header 2
Nepal Life

मानसिक स्वास्थ्य संकटले बीमा र रोजगार क्षेत्रमा ठूलो दबाब सिर्जना गर्ने चेतावनी

IME LIFE
  • BFIS News
  • 2026 May 24 20:11
मानसिक स्वास्थ्य संकटले बीमा र रोजगार क्षेत्रमा ठूलो दबाब सिर्जना गर्ने चेतावनी
United Ajod

काठमाडौं । मानसिक स्वास्थ्य समस्या विश्वभर बीमा कम्पनी र रोजगारदाताका लागि प्रमुख जोखिममध्ये एक बन्दै गएको छ । बढ्दो बीमा दाबी, उत्पादकता ह्रास र कार्यबल सहभागितामा देखिएको गिरावटले सन् २०३० सम्ममा बीमा प्रणालीहरूमा थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ ।

 

Nepal Life
NIMB

जुरिच इन्स्योरेन्स ग्रुप ले सार्वजनिक गरेको हालैको प्रतिवेदनअनुसार मानसिक स्वास्थ्य समस्या अब केवल स्वास्थ्य प्रणालीभित्र सीमित नरही व्यक्ति, परिवार र व्यवसायसम्म व्यापक आर्थिक बोझका रूपमा फैलिरहेको छ ।

प्रतिवेदनले अस्ट्रेलिया, चिली, जर्मनी, मलेसिया, संयुक्त अरब इमिरेट्स र युनाइटेड किंगडममा गरिएको अध्ययनका आधारमा सन् २०३० सम्म काम गर्ने उमेरका तीन वयस्कमध्ये एक जनाले मानसिक स्वास्थ्य समस्या अनुभव गर्न सक्ने देखाएको छ । यसले केही अर्थतन्त्रमा उत्पादकता घाटा जीडीपीको करिब ५ प्रतिशतसम्म पुग्न सक्ने संकेत गरेको छ ।

विशेषगरी मलेसियामा मात्र ४० लाखभन्दा बढी मानिस मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ, जसले ठूलो आर्थिक क्षति र श्रम बजारमा असन्तुलन निम्त्याउने देखिन्छ ।

प्रतिवेदनले मानसिक स्वास्थ्य समस्याको सबैभन्दा ठूलो आर्थिक असर छोटो अनुपस्थितिभन्दा पनि दीर्घकालीन रूपमा कामबाट बाहिरिने अवस्था (workforce exit) बाट हुने उल्लेख गरेको छ । यसले रोजगारी दर घटाउने र सामाजिक सुरक्षा प्रणालीमा थप दबाब पार्ने जोखिम बढाउने बताइएको छ ।

जुरिच इन्स्योरेन्स ग्रुपकी अधिकारी एलिसन मार्टिनका अनुसार समयमै सहयोग र पुनर्बास सेवाले ठूलो प्रभाव पार्न सक्छ, किनकि प्रारम्भिक हस्तक्षेपले धेरै कर्मचारीलाई काममा निरन्तरता दिन मद्दत गर्छ ।

प्रतिवेदनले बीमा कम्पनी र रोजगारदातालाई मानसिक स्वास्थ्यसम्बन्धी रोकथाम, प्रारम्भिक हस्तक्षेप र पुनर्बास सेवामा लगानी बढाउनुपर्ने सुझाव दिएको छ । यसले दीर्घकालीन आर्थिक जोखिम घटाउन र कार्यबलको उत्पादकता जोगाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया