NIMB Header 2
Nepal Life

निर्जीवन बीमा कम्पनीको १० महिनामा ४१ अर्बभन्दा बढी व्यापार

IME LIFE
  • BFIS News
  • 2026 May 24 20:16
निर्जीवन बीमा कम्पनीको १० महिनामा ४१ अर्बभन्दा बढी व्यापार
United Ajod

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा निर्जीवन बीमा कम्पनीहरूले ४१ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन् ।

 

Nepal Life
NIMB

नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्म निर्जीवन बीमकहरूले कुल ४१ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा मोटर बीमा सबैभन्दा ठूलो हिस्सा बनेको छ । १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले मोटर बीमाबाट १२ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ व्यापार गरेका छन्, जुन कुल व्यापारको ३०.५२ प्रतिशत हो ।

दोस्रो ठूलो हिस्सा सम्पत्ति बीमातर्फ देखिएको छ, जहाँ ९ अर्ब ७३ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । त्यसपछि इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट ७ अर्ब ८७ करोड ७० लाख रुपैयाँ आर्जन भएको छ ।

त्यस्तै, विविध बीमातर्फ ४ अर्ब २५ करोड ३२ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ २ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ, हवाई बीमातर्फ १ अर्ब ८९ करोड ९० लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ १ अर्ब ३६ करोड १५ लाख रुपैयाँ र लघु बीमातर्फ १ अर्ब ११ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

कुल बजार हिस्सामा मोटर बीमा अग्रस्थानमा रहँदा सम्पत्ति, इन्जिनियरिङ, विविध तथा अन्य बीमा क्षेत्रले पनि उल्लेखनीय योगदान दिएको तथ्यांकले देखाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया