Nepal Life

शेयर धितोकर्जामा बैंकहरुको एक पछि अर्को आकर्षक अफर,  ६.०३ प्रतिशतमै पाइन थाल्यो, हेर्नुहोस् कुन बैंकमा कति

NMB Bank
  • BFIS News
  • 2025 Jul 19 13:03
शेयर धितोकर्जामा बैंकहरुको एक पछि अर्को आकर्षक अफर,  ६.०३ प्रतिशतमै पाइन थाल्यो, हेर्नुहोस् कुन बैंकमा कति
National Life

काठमाडौं। शेयर बजारमा लगानीकर्तालाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा एकपछि अर्को गर्दै आकर्षक योजना ल्याउन थालेका छन्। बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरूले शेयर धितो कर्जालाई सुरक्षित र लाभदायक विकल्पको रूपमा लिँदै, प्रतिस्पर्धात्मक ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन्।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठ महिनासम्ममा एक खर्ब २८ अर्ब रुपैयाँ शेयरधितोकर्जा प्रवाह गरेका छन्। गत वर्षको असार मसान्तसम्मा ९० अर्ब मात्रै प्रवाह भएको कर्जा ११ महिनामा २९ अर्ब भन्दा धेरैले कर्जा बढेको छ।

व्याजदर पनि एक दशक यताकै कम रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको यहि महिनादेखि व्यक्तिगत शेयरधितोकर्जामा १५ करोडको सिमालाई बढाएर २५ करोड पुर्याएको छ।  राष्ट्र बैंकले साउनदेखि सिमा बढाए सँगै यो रकम अझ धेरै बढ्दै जानेछ।

बैंक वित्तीय संस्थाले साउन महिनाका लागि जारी गरेको व्याजदर अनुसार सबैभन्दा कम कृषि विकास बैंकको छ । कृषि विकास बैंकले न्युनतम ६.०३ प्रतिशतको अफर गरिरहेको छ । शेयर धितो कर्जामा नेपाल बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक एकदमै आक्रामक रुपमा अगाडी बढिरहेको छ । नेपाल बैंकले अन्य क्षेत्रमा अपेक्षाकृत कर्जा प्रवाह गर्न सकेको छैन । यसले गर्दा शेयर धितो कर्जामा अलि बढि फोकस भइरहेको छ । यसका लागि बैंकले स्किम तथा प्याकेज नै तयार पारेर शेयरधनीलाई आकर्षित गरिरहेको छ ।

सर्वाधिक कम तर्फबाट दोस्रो नम्बरमा रहेको एभरेष्ट बैंकको ६.३५ प्रततिशत गरेको छ। तेस्रो कम व्याजदर सिद्धार्थ बैंकको ६.३६ प्रतिशतमा शेयरधितो कर्जा प्रदान गरिरहेको छ । राष्ट्रिय बाणिज्य बैंकले ६.३९ प्रतिशतमा कर्जा प्रदान गरिरहेको छ।

सबै बैंक वित्तीय संस्थाले शेयरधितो कर्जा प्रवाह गर्दैनन् । जसले कर्जा प्रवाह गर्छन् उनिहरुले यसका छुट्टा छुट्टै प्रोडक्ट नै डिजाइन गरेका हुन्छन् । बैंकहरुका लागि शेयरधितो कर्जा सबैभन्दा सुरक्षित क्षेत्र मानिन्छ । यदि कर्जा भन्दा शेयर भ्यालु कम हुन थाल्यो भने बैंकहरुले चुक्ता गर्न निर्देशन दिन्छन् । यदि ऋणीले नतिरेका खण्डमा शेयर नै बिक्री गरिदिन पाउछन् । यसले गर्दा बैंकहरुका लागि यस्तो कर्जा सबैभन्दा सुरक्षित कर्जा हो । जव जव व्याजदर घट्छ त्यतिवेला लगानीकर्ताहरु शेयरधितो कर्जा लिएर बजार प्रवेश गर्छन् । बैंकमा निक्षेपको रुपमा पैसा राख्नु भन्दा लगानी गर्दा उनिहरुका लागि सबैभन्दा उपयुक्त हुन जान्छ ।

बैंक वित्तीय संस्थाले साउन महिनाका लागि जारी गरेको शेयरधितो कर्जाको व्याजदर 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया