Nepal Life

शिवम् सिमेन्ट्सले १२.५ प्रतिशत लाभांश घोषणा, साधारण सभा मंसिर २५ मा

NMB Bank
  • BFIS News
  • 2025 Nov 17 10:40
शिवम् सिमेन्ट्सले १२.५ प्रतिशत लाभांश घोषणा, साधारण सभा मंसिर २५ मा
United Ajod

काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर तथा सो बोनसको कर प्रयोजनार्थ समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

Shikhar
Nepal Life
NIMB

सञ्चालक समितिको सोही बैठकले कम्पनीको १६औँ वार्षिक साधारण सभा मंसिर २५ गते बिहान १०:३० बजे गर्ने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्ने पात्र हुनेछन्। लाभांश घोषणा संगै लगानीकर्ताहरूमा सकारात्मक वातावरण देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया