Nepal Life

श्रीनगर एग्रीटेक इन्टरप्राइजिजको आईपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार ३०१ रुपैयाँबाट सुरु हुने

NMB Bank
  • BFIS News
  • 2025 Nov 21 12:58
श्रीनगर एग्रीटेक इन्टरप्राइजिजको आईपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार ३०१ रुपैयाँबाट सुरु हुने
United Ajod

काठमाडौं । श्रीनगर एग्रीटेक इन्टरप्राइजिज लिमिटेड (SAIL) का जम्मा १,६३,१२,५०० कित्ता सेयर नेप्से (NEPSE) मा सूचीकृत भएका छन्। सूचीकृत सेयरमा प्रवर्द्धकहरूले धारणा गरेको हिस्सा तथा सर्वसाधारणलाई जारी गरिएको शेयर दुवै समावेश छन्।

Shikhar
Nepal Life
NIMB

नेप्सेले पहिलो कारोबारका लागि रु. १००.५९ देखि रु. ३०१.७७ सम्मको प्रिमियम मूल्य दायरा तोकेको छ। कम्पनीले नेप्सेसँग कारोबार सञ्चालन सम्झौता गरेपछि सूचीकृत आईपीओ सेयरहरूको व्यापार भोलैदेखि द्वितीय बजारमा सुरु हुने नेप्सेले जनाएको छ।

कुल सूचीकृत सेयरमध्ये २५,१०,४९३ कित्ता आईपीओ सर्वसाधारणका लागि पार–मूल्य रु. १०० मा २०७८ साल असोज २६ गतेदेखि असोज २९ गते सम्म बिक्री खुला गरिएको थियो।

सूचीकृत सेयरहरू ‘SAIL’ नामक ट्रेडिङ प्रतीक (symbol) अन्तर्गत कारोबार हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया