NIMB Header 2
Nepal Life

नेपाल टेलिकमको ३० प्रतिशत लाभांश घोषणा, सरकारले मात्रै ४ अर्ब ९४ करोड लैजाने

IME LIFE
  • BFIS News
  • 2025 Dec 24 12:31
नेपाल टेलिकमको ३० प्रतिशत लाभांश घोषणा, सरकारले मात्रै ४ अर्ब ९४ करोड लैजाने
United Ajod

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने जनाएको छ।

Nepal Life
NIMB

साधारण सभामा गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्ने प्रस्ताव पेश गरिनेछ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको १०८९औँ बैठकले हाल कायम १८ अर्ब रुपैयाँ चुक्ता पूँजीका आधारमा प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ। शेयरधनीले प्रस्तावित ३० प्रतिशत अर्थात ५ अर्ब लाभांश पाउने छन्। त्यसमा पनि नेपाल सरकार एक्लैले ९१.५३ प्रतिशत अर्थात ४ अर्ब ९४ करोड प्राप्त गर्नेछ।  

त्यसैगरी, साधारण सभामा लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने एजेन्डा रहेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोज मितिभन्दा अघि कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र कम्पनीले घोषणा गरेको नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया