Nepal Life

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई आपतकालीन सहयोग हस्तान्तरण

NMB Bank
  • BFIS News
  • 2025 Dec 25 07:27
नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई आपतकालीन सहयोग हस्तान्तरण
United Ajod

काठमाडौँ । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) ले गत भाद्र २३ र २४ गते सम्पन्न जेन–जि आन्दोलनका क्रममा गम्भीर रूपमा प्रभावित भएका यातायात व्यवस्था विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

Shikhar
Nepal Life
NIMB

मंगलबार आयोजित कार्यक्रममा NAIMA का अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले उक्त सहयोग हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा NAIMA बाट प्राप्त सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताए। सो सहयोगकै कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको उल्लेख गर्दै उनले संस्थाप्रति आभार व्यक्त गरे।

त्यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले NAIMA बाट प्राप्त संस्थागत तथा सदस्यहरूद्वारा गरिएको आपतकालीन सहयोगको उच्च प्रशंसा गरे। उनले स्थापनाको छोटो समयमै NAIMA ले ट्राफिक कार्यालयसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापना गर्न सफल भएको उल्लेख गर्दै ट्राफिक शिक्षा र व्यवस्थापनमा संस्थालाई भरपर्दो सहयात्रीको रूपमा चित्रण गरे।

कार्यक्रममा अध्यक्ष वैद्यले संकटको घडीमा यो सहयोग गर्न पाएकोमा गौरव महसुस भएको बताइन्। सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु NAIMA को मूल कार्यदिशा रहेको उल्लेख गर्दै उनले आगामी दिनहरूमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण प्रस्तुत गर्दै यातायात व्यवस्था विभाग, मीनभवनस्थित मुख्य भवनका सम्पूर्ण झ्याल तथा ढोकाको पुनर्निर्माण गरिएको जानकारी दिए। साथै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टरलगायत आवश्यक सामग्री सहयोगस्वरूप उपलब्ध गराइएको उनले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया