Nepal Life

सुनको मूल्यमा निरन्तर गिरावट, सुन ५४०० र चाँदी १४० रुपैयाँले घट्यो

NMB Bank
  • BFIS News
  • 2026 Mar 19 11:48
सुनको मूल्यमा निरन्तर गिरावट, सुन ५४०० र चाँदी १४० रुपैयाँले घट्यो
United Ajod

काठमाडौं। नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। पछिल्ला दिनहरूमा निरन्तर उतारचढाव देखिएको बहुमूल्य धातु बजारमा आज सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले घटेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल (फाइन) सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यही सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यससँगै सुनको मूल्य पछिल्ला दुई दिनदेखि घट्ने क्रममा देखिएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि घटेर आज प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला ३ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीतर्फ पनि मूल्यमा गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको ५ हजार १५० रुपैयाँको तुलनामा १४० रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा विनिमय दरमा आएको परिवर्तनका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया