Nepal Life

एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Mar 22 11:03
एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला सम्पन्न
United Ajod

सुर्खेत, चैत्र ५ — आज मिति २०८२ साल चैत्र ५ गते बिहीबारका दिन निक्षेप तथा कर्जा सुरक्षण कोष र यूएनडीपीको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरस्थित होटल स्क्वायरमा “एकल (ऋणीगत) कृषि कर्जा सुरक्षण योजना” सम्बन्धी एक कार्यशाला सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

कार्यशालामा निक्षेप तथा कर्जा सुरक्षण कोष, यूएनडीपी तथा कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका नौ वटा स्थानीय तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रमा कर्जाको पहुँच विस्तार तथा जोखिम न्यूनीकरणका उपायहरूबारे छलफल गरेका थिए।

निक्षेप तथा कर्जा सुरक्षण कोष, यूएनडीपी तथा छनोट गरिएका नौ स्थानीय तहहरूको संयुक्त योगदानमा छुट्टै कोष स्थापना गरी कृषिसँग सम्बन्धित तोकिएका क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र आम नागरिकको कर्जामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित एकल कर्जा सुरक्षण कार्यक्रम नमुना परियोजनाका रूपमा लागू गर्ने कार्य प्रक्रियामा रहेको छ। यही परियोजनाका लागि छनोट भएका स्थानीय तहहरूको पृष्ठपोषण तथा सुझाव संकलनका उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको हो।

यस नमुना कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशबाट जुम्लाका चन्दननाथ, पातारासी र तातोपानी तथा सुर्खेतको वीरेन्द्रनगर गरी चार स्थानीय तह, सुदूरपश्चिम प्रदेशबाट बाजुराका बुढीगंगा, बुढीनन्दा र त्रिवेणी तथा कैलालीको धनगढी गरी चार स्थानीय तह, र बाग्मती प्रदेशबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका छनोट भएका छन्।

कार्यशालामा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले परियोजनासम्बन्धी विभिन्न जिज्ञासा राख्नुका साथै महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए। परियोजनाको मस्यौदामाथि प्राप्त सुझावहरूको थप छलफल गरी ग्रहणयोग्य सुझावहरूलाई समेट्दै योजनालाई अन्तिम रूप दिइने निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया