Nepal Life

नेपाल राष्ट्र बैंकद्वारा रियल–स्टेट कारोबारसम्बन्धी त्रैमासिक तथ्यांक सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2026 Apr 13 14:41
नेपाल राष्ट्र बैंकद्वारा रियल–स्टेट कारोबारसम्बन्धी त्रैमासिक तथ्यांक सार्वजनिक
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंक ले रियल–स्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्यांक सार्वजनिक गर्न थालेको छ। बैंकले आर्थिक वर्ष २०७८/८० लाई आधार वर्षका रूपमा लिएर यससम्बन्धी तथ्यांक प्रकाशन सुरु गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र बैंक स्वयंले संकलन गर्ने तथ्यांकका आधारमा अब रियल–स्टेट कारोबारसम्बन्धी विवरण त्रैमासिक रूपमा प्रकाशन गरिनेछ। उक्त विश्लेषण लिखत पारितअन्तर्गत राजिनामा कारोबारका आधारमा गरिएको जनाइएको छ।

प्रकाशित विवरणमा रियल–स्टेट कारोबारको संख्या, घोषित मूल्य (थैली रकम), कारोबार भएको क्षेत्रफल, राजस्व संकलन तथा घरजग्गा क्षेत्रमा प्रवाहित बैंक कर्जा जस्ता सूचकहरू समेटिएका छन्। साथै, राष्ट्रिय स्तरका अतिरिक्त प्रदेश, महानगरपालिका र उप–महानगरपालिका तहसम्मको विश्लेषण पनि गरिएको छ। कारोबार भएका जग्गाको क्षेत्रफललाई विभिन्न तहमा विभाजन गरी सोहीअनुसार कारोबार संख्या र रकम प्रस्तुत गरिएको छ।
त्रैमासिक तथ्यांकअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ।

पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति देखिएको बैंकले जनाएको छ।

प्रदेशगत रूपमा कारोबार संख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा रहेको छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको देखिएको छ। त्यस्तै, कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा सबैभन्दा उच्च रहेको छ।
जग्गाको क्षेत्रफलका हिसाबले मधेश प्रदेशबाहेक अन्य प्रदेशमा २.४ देखि १० आना क्षेत्रफलका प्लटहरूमा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ।

घोषित मूल्यका आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ। महानगर तथा उप–महानगरपालिकामा १० आनासम्मका प्लटहरूमा बढी कारोबार भएको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले वृद्धि भएको छ भने आवासीय कर्जा ६१.५५ प्रतिशतले बढेको छ। घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा करिब २२.७ अर्ब रुपैयाँ पुगेकोमा त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा करिब ७.२ अर्बमा झरेको थियो। पछिल्लो अवधिमा भने सुधार भई करिब १९ अर्ब रुपैयाँको हाराहारीमा पुगेको जनाइएको छ।
बैंकले यस्तो प्रकृतिको तथ्यांकले रियल–स्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास लिएको छ।

साथै, यिनै तथ्यांकका आधारमा घरजग्गा मूल्य सूचकांक निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत भइरहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया