NIMB Header 2
Nepal Life

बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

IME LIFE
  • BFIS News
  • 2026 May 11 10:32
बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि आज समाप्त हुँदैछ।

Nepal Life
NIMB

कम्पनीले चैत २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा योग्य शेयरधनीहरूले बैशाख २८ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी बराबरकै अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ। यसअनुसार विद्यमान एक कित्ता शेयर बराबर एक कित्ता नयाँ शेयर दिने गरी प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता हकप्रद शेयर जारी गरिएको छ। उक्त निष्काशनबाट कम्पनीले ४० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका शेयरधनीहरू आवेदनका लागि योग्य मानिएका छन्।

हकप्रद निष्काशनअघि गरिएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल ले कम्पनीलाई ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने जनाइएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेड ले सम्हालेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयसहित कम्पनीको पानीपोखरी र नुवाकोटस्थित कार्यालय तथा एनआईसी एशिया बैंक का विभिन्न शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको व्यवस्था पनि गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रदबाट संकलित रकम विभिन्न बैंकबाट लिएको ऋणको आंशिक भुक्तानीमा प्रयोग गर्ने जनाएको छ। हाल कम्पनीको विभिन्न चार बैंकमा गरी करिब ९६ करोड ९० लाख रुपैयाँ ऋण बाँकी रहेको र हकप्रदपछि उक्त दायित्व घटेर करिब ५६ करोड ९० लाख रुपैयाँमा सीमित हुने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया