नर्सिङ कर्मचारीको रात्रिकालीन भत्ता दोब्बर, कर्णालीमा एयर एम्बुलेन्स सञ्चालनको घोषणा
- BFIS News
- 2026 May 29 17:48
काठमाडौँ, जेठ १५ गते । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीको सुविधा वृद्धि गर्ने निर्णय गर्दै नर्सिङ कर्मचारीको रात्रिकालीन ड्युटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ ।
डा. स्वर्णिम वाग्ले ले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवामा खटिने जनशक्तिको प्रोत्साहनका लागि यस्तो व्यवस्था गरिएको बताउनुभयो ।
बजेटअनुसार कर्णाली प्रदेश का दुर्गम क्षेत्रमा ‘एयर एम्बुलेन्स’ सेवा सञ्चालन गरिनेछ ।
त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गरिएको छ ।
सरकारले स्वास्थ्य सेवा पहुँच विस्तार, दुर्गम क्षेत्रका नागरिकलाई आपतकालीन उपचार सुविधा उपलब्ध गराउने तथा स्वास्थ्यकर्मीको मनोबल बढाउने उद्देश्यले यी कार्यक्रम अघि सारेको जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया