सरकारी भवन पुनर्निर्माण र झोलुंगे पुल निर्माणका लागि ५ अर्ब १४ करोड विनियोजन
- BFIS News
- 2026 May 29 17:56
काठमाडौँ, जेठ १५ गते । सरकारले गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भवनहरूको प्रवलिकरण तथा पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने भएको छ ।
डा. स्वर्णिम वाग्ले ले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त कार्यका लागि आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।
त्यस्तै, जाजरकोट र पश्चिम रुकुम लगायत जिल्लामा भूकम्पबाट क्षतिग्रस्त सरकारी आवास पुनर्निर्माण सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको छ ।
सरकारले सडक सञ्जालसँग नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग जोड्ने कार्यक्रम पनि अघि बढाउने जनाएको छ ।
यसैबीच देशभर झोलुंगे पुल निर्माणका लागि ५ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया