प्रमुख सहरलाई धुलोमुक्त बनाउने सरकारको लक्ष्य, सडक मर्मतमा २८ अर्ब ५२ करोड विनियोजन
- BFIS News
- 2026 May 29 17:59
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षदेखि काठमाडौँ उपत्यकालगायत प्रमुख सहरहरूलाई धुलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखेको छ ।
डा. स्वर्णिम वाग्ले ले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सहरी सडकको नियमित मर्मतसम्भारलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।
यसका लागि सडक मर्मतसम्भारमा २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै पहिरो र जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूल संरचना निर्माणका लागि ३ अर्ब १७ करोड छुट्याइएको छ भने सडक सुरक्षा सुधारका लागि २ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
सरकारले प्रमुख सडक चोक सुधार, ट्राफिक संकेत विस्तार, क्र्यास ब्यारेयर तथा डिभाइडर जडान र मर्मत कार्यलाई पनि निरन्तरता दिने जनाएको छ ।
यसैबीच, बर्दिबासदेखि काठमाडौं–तराई–मधेस द्रुतमार्ग को प्रारम्भ बिन्दुसम्म रेलमार्ग निर्माण अगाडि बढाइने भएको छ । साथै निर्माणाधीन विभिन्न रेलमार्गहरूको बाँकी काम सम्पन्न गर्न बजेट व्यवस्था गरिएको छ ।
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ‘ब्लु बस सेवा’ सञ्चालन गर्ने योजना पनि सरकारले अघि सारेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया