नेपाली कम्पनीलाई विदेशी बजारमा सूचीकृत हुन दिने व्यवस्था
- BFIS News
- 2026 May 29 18:08
काठमाडौँ, जेठ १५ गते । सरकारले नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई विदेशी धितोपत्र बजारमा समेत सूचीकरण हुन सक्ने व्यवस्था गर्ने भएको छ ।
डा. स्वर्णिम वाग्ले ले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था लागू गरिने घोषणा गर्नुभएको हो ।
बजेटअनुसार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरूले तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुन सक्नेछन् । यसका लागि ‘ग्लोबल डिपोजिटरी रिसिट (GDR)’ जारी गर्न सकिने व्यवस्था मिलाइने अर्थमन्त्री वाग्लेले बताउनुभयो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया