NIMB Header 2
Prabhu Mahalaxmi

राष्ट्रिय पिडामा सानिमा रिलायन्सको साथ, भोटेकोशी बाढी प्रभावितका लागि ७२ लाख सहयोग

United Ajod
  • BFIS News
  • 2026 Sep 02 14:50
राष्ट्रिय पिडामा सानिमा रिलायन्सको साथ, भोटेकोशी बाढी प्रभावितका लागि ७२ लाख सहयोग
IME LIFE

काठमाडौं । रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ।

Nepal Life
NIMB

कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। कम्पनीका अनुसार ५१ लाख रुपैयाँ संस्थागत रूपमा र सञ्चालक तथा कर्मचारीबाट २१ लाख रुपैयाँ योगदान गरी कुल ७२ लाख रुपैयाँको एकमुष्ट चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।

रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ।

कम्पनीले विपद्का कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्कालीन राहतदेखि दीर्घकालीन पुनःस्थापनासम्मका कार्यमा सहयोग गर्ने उद्देश्यले कोषमार्फत रकम प्रदान गरिएको जनाएको छ। सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताअनुसार कठिन परिस्थितिमा प्रभावित समुदायको पीडामा साथ दिन र राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सहयोग गरिएको कम्पनीको भनाइ छ।

यसैबीच, कम्पनीले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना तथा सामान्य जनजीवन पुनर्बहालीका लागि सरकार र सरोकारवाला निकायबाट भइरहेका प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया