NIMB Header 2
Prabhu Mahalaxmi

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सबाट बाढी प्रभावितलाई रु. ५६ लाखभन्दा बढी सहयोग

United Ajod
  • BFIS News
  • 2026 Sep 08 14:35
एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सबाट बाढी प्रभावितलाई रु. ५६ लाखभन्दा बढी सहयोग
IME LIFE

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सले रु. २१ लाख सहयोग गरेका छन्।

Nepal Life
NIMB

उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा उपयोग गर्ने उद्देश्यले प्रदान गरिएको हो।

यसैगरी, एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूले पनि प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक रूपमा करिब रु. ३५ लाख नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यससँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स तथा यसका पोर्टफोलियो कम्पनीबाट बाढी प्रभावितका लागि रु. ५६ लाखभन्दा बढी सहयोग जुटाइएको छ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाइएको छ।

प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन आगामी दिनमा लगानीका अवसर विस्तार गर्ने तथा शाखा सञ्जाल विस्तारमार्फत पुँजी बजार र वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउने पहल गरिने जनाइएको छ।

यस पहलबाट प्रभावित जिल्लाका परिवार तथा समुदायलाई वित्तीय सेवासँग थप जोड्नुका साथै स्थानीय आर्थिक गतिविधि र दीर्घकालीन विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया