मितेरी डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो ११ प्रतिशत लाभांश, ५ प्रतिशत बोनस शेयर
- BFIS News
- 2026 Sep 28 10:53
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
असोज १० गते बसेको बैंकको सञ्चालक समितिको २७६औँ बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकको हालको चुक्ता पूँजी १ अर्ब २१ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी वृद्धि हुनेछ भने ६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गरिनेछ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ। हाल बैंकको शेयरको अन्तिम कारोबार मूल्य (LTP) ४३१ रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)









.jpeg)

प्रतिक्रिया