NIMB Header 2
Prabhu Mahalaxmi

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्षबीच भेटवार्ता, पुनर्निर्माण र पूर्वाधार लगानी बढाउन आग्रह

United Ajod
  • BFIS News
  • 2026 Sep 28 12:08
अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्षबीच भेटवार्ता, पुनर्निर्माण र पूर्वाधार लगानी बढाउन आग्रह
IME LIFE

काठमाडौं।  अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले नेपालमा पूर्वाधार तथा विपद्पछिको पुनर्निर्माणमा बैंकको लगानी विस्तार गर्न आग्रह गरेका छन्।

Nepal Life
NIMB

कतारको दोहामा एआईआईबी अध्यक्ष जोउ जियायीसँग भएको भेटमा उनले सहुलियतपूर्ण वित्तीय स्रोतको पहुँच बढाउनसमेत आग्रह गरेका हुन्।

एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री वाग्ले र अध्यक्ष जोउबीचको भेटमा नेपालमा बैंकको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा आगामी पूर्वाधार परियोजनाबारे छलफल भएको थियो।

भेटमा अध्यक्ष जोउले भोटेकोशी नदीमा आएको बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गर्दै विपद्पछिको पुनर्निर्माणमा एआईआईबीबाट सहयोग गर्ने बताइन्।

उनका अनुसार परियोजना तयारीका लागि एआईआईबीको ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’बाट अनुदान उपलब्ध गराउन सकिनेछ। ‘स्पेसलाइज्ड फन्ड विन्डो’अन्तर्गतको अनुदान प्रयोग गरेर नेपाललाई उपलब्ध गराइने ऋणलाई थप सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विकल्पबारे पनि उनले छलफल गरेकी छन्।

नेपाल एआईआईबीको संस्थापक सदस्य राष्ट्र भएकाले आर्थिक विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि अध्यक्ष जोउले व्यक्त गरेकी छन्।

अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै नेपाललाई बैंकले गर्दै आएको सहयोगप्रति धन्यवाद दिएका थिए। उनले एआईआईबीको लगानीमा सञ्चालन भइरहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजनाको काम र एक्सप्रेस सडकको अध्ययन शीघ्र अघि बढाउन आग्रह गरे।

भेटमा एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा हालैको बाढीबाट भएको क्षतिबारे पनि छलफल भएको थियो।

मन्त्री वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारका क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे। यी क्षेत्रमा एआईआईबीको आफ्नै स्रोतसँगै अन्य विकास साझेदारको स्रोतसमेत परिचालन गर्न उनले प्रस्ताव गरेका थिए।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निम्तोसमेत दिएका छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया