NIMB Header 2
Prabhu Mahalaxmi

लगानीकर्ताको पहलपछि अर्थ समितिले बोलायो धितोपत्र बोर्डसहित ८ निकाय

United Ajod
  • BFIS News
  • 2026 Sep 28 21:12
लगानीकर्ताको पहलपछि अर्थ समितिले बोलायो धितोपत्र बोर्डसहित ८ निकाय
IME LIFE

काठमाडौं । लगानीकर्ताका समस्या र नेपालको पुँजी बजारमा देखिएका समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभाको अर्थ समितिले धितोपत्र बोर्डसहित ८ वटा सम्बन्धित निकाय तथा संस्थालाई छलफलका लागि बोलाएको छ।

Nepal Life
NIMB

अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको आमन्त्रणमा सिंहदरबारमा भएको छलफलमा लगानीकर्ताका प्रतिनिधिहरूले पुँजी बजारमा विद्यमान समस्या, लगानीकर्ताले भोगिरहेका कठिनाइ तथा बजार सुधारका विषयमा जानकारी गराएका थिए।

छलफलमा खोमनाथ प्याकुरेल, सुरज खड्का, रितुजंग जिसी, ऋषिराज भेटवाल र विवेक श्रेष्ठ सहभागी थिए। लगानीकर्ताका तर्फबाट उठाइएका विषयलाई संसदीय समितिमार्फत सम्बन्धित नियामक तथा बजार सञ्चालकसँग छलफल गर्ने विषयमा समेत कुराकानी भएको सहभागीहरूले बताएका छन्।

यसैक्रममा अर्थ समितिले आगामी असोज १४ गते पुँजी बजारसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिलाई समितिको बैठकमा बोलाएको छ। संघीय संसद्, प्रतिनिधि सभाको अर्थ समितिले जारी गरेको सूचनाअनुसार बिहान ८ः३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ।

बैठकको मुख्य कार्यसूचीमा नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउने विषयमा छलफल राखिएको छ। त्यसक्रममा धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणका विषयमा सम्बन्धित निकाय तथा संघ–संस्थासँग छलफल गरिनेछ।

समितिले छलफलका लागि अर्थ मन्त्रालयका सचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेन्ज (नेप्सेका) प्रमुख कार्यकारी अधिकृत, सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष, नेपाल सेयरधनी संघका अध्यक्ष, नेपाल सेयरबजार लगानीकर्ता संघका अध्यक्ष र नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्षलाई निमन्त्रणा गरेको छ।

यसअघि पनि अर्थ समितिले धितोपत्र बजारको नियमन, विकास तथा लगानीकर्ताको हित संरक्षणका विषयमा नेपाल धितोपत्र बोर्डसँग जानकारी लिएको थियो। 

असोज १४ गते हुने छलफलमा नियामक, बजार सञ्चालक, ब्रोकर तथा लगानीकर्ता प्रतिनिधिहरू एकै ठाउँमा सहभागी हुने भएकाले हाल पुँजी बजारमा देखिएका समस्या र सुधारका विषयमा संस्थागत धारणा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया