NIMB Header 2
Prabhu Mahalaxmi

नेपाल लाइफको सुदूरपश्चिममा तारा अवार्ड सम्पन्न, ६८ अभिकर्ता सम्मानित

United Ajod
  • BFIS News
  • 2026 Sep 29 10:56
नेपाल लाइफको सुदूरपश्चिममा तारा अवार्ड सम्पन्न, ६८ अभिकर्ता सम्मानित
IME LIFE

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा आयोजना गरिरहेको प्रदेशस्तरीय ‘तारा अवार्ड’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशको कार्यक्रम धनगढीस्थित पौवा होटलमा सम्पन्न भएको छ। कार्यक्रममा १५८ जनाको सहभागिता रहेको थियो भने ६८ जना अभिकर्तालाई तारा अवार्डबाट सम्मान गरिएको कम्पनीले जनाएको छ।

Nepal Life
NIMB

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले पेशागत बीमा अभिकर्ता संघ नेपालसँग कम्पनीले दुई दशकदेखि विभिन्न विषयमा सल्लाह र छलफल गर्दै सहकार्य गर्दै आएको बताए। व्यक्तिभन्दा संस्थागत सहकार्यलाई प्राथमिकता दिँदै नेतृत्वमा जो आए पनि संघसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो।

कम्पनीका नेशनल सेल्स हेड उमापति पोख्रेलले कम्पनीले तय गरेको लक्ष्य पूरा गर्न सुदूरपश्चिम क्षेत्रले आगामी दिनमा पनि साथ दिने विश्वास व्यक्त गरे। सुदूरपश्चिमले विगतमा कायम गरेको प्रदर्शनलाई यस वर्ष पनि निरन्तरता दिने अपेक्षा रहेको उनले बताए।

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओम केसीले बीमा ऐन, २०७९ कार्यान्वयनमा आएपछि अभिकर्ताका केही अधिकार तथा विषयमा परिवर्तन आएको बताए। नियमावलीमा विभिन्न सुधारका लागि संघले पहल गरेको र अझै छुटेका विषयलाई सम्बोधन गर्न कार्यदल गठन गर्न सफल भएको उनले जानकारी दिए। आगामी २०८४ मा बीमा ऐन संशोधनको अवसरमा बाँकी विषयलाई समेत सुधारका लागि पहल गरिने उनको भनाइ थियो।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले संगठनलाई थप व्यवस्थित र समावेशी बनाउँदै अभिकर्ता तथा बिमितको हितमा कम्पनीसँग सहकार्य अघि बढाइएको बताए। अभिकर्ताले सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माणका लागि कम्पनीसँग निरन्तर छलफल र समन्वय भइरहेको उनले बताए।

अधिकारीले संगठन तथा कम्पनीसँग सम्बन्धित समस्या समाधानका लागि शाखा, प्रदेश र केन्द्रीय तहमा क्रमशः पहल गरिने बताए। संगठन ठूलो हुँदै जाँदा केही समस्या देखिन सक्ने भए पनि त्यसको समाधान संस्थागत संरचनामार्फत गरिने भन्दै उनले अभिकर्तालाई आफ्नो काममा निरन्तर लाग्न आग्रह गरे।

नेपाल लाइफले सातै प्रदेशमा आयोजना गरिरहेको तारा अवार्डअन्तर्गत यसअघि विभिन्न प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको छ।बागमती ‘बी’ अन्तर्गत असोज ८ गते चितवनको नारायणगढस्थित लोर्ड्स सीबीसी प्लाजामा आयोजित कार्यक्रममा २२४ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा ६२ जना अभिकर्ता सम्मानित भएका थिए।

त्यस्तै, बागमती ‘ए’ अन्तर्गत असोज ११ गते सम्पन्न कार्यक्रममा ८५० जनाको सहभागिता रहेको थियो भने २७० जना अभिकर्तालाई तारा अवार्डबाट सम्मान गरिएको कम्पनीले जनाएको छ।

कोशी प्रदेशको इटहरीस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा ४०४ जना अभिकर्ता सम्मानित भएका थिए। कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा अन्य गरी करिब ५०० जनाको सहभागिता रहेको थियो।

मधेस प्रदेशको कार्यक्रममा ३६७ जना अभिकर्तासहित ४०० भन्दा बढीको सहभागिता रहेको थियो। लुम्बिनी प्रदेशमा आयोजित कार्यक्रममा करिब ४२५ जनाको सहभागिता हुँदा १७० जना अभिकर्ता सम्मानित भएका थिए।

सातै प्रदेशमा आयोजना हुने कार्यक्रममार्फत कम्पनीले विभिन्न प्रदेशमा कार्यरत अभिकर्ताको सहभागिता र कार्यसम्पादनका आधारमा तारा अवार्ड प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया