NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन् काउन्टर सिनामंगलमा

IME LIFE
  • BFIS News
  • 2022 Jan 26 20:55
सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन् काउन्टर सिनामंगलमा
United Ajod

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७८ माघ १२ गते बुधवार काठमाडांै स्थित सिनामंगलमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । 

Nepal Life
NIMB

बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ ।

सजिलो बैंकिङ्ग सेवा ९शाखारहित बैंकिङ्ग, एटिएम, पि ओ एस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको ग्लय क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया