Nepal Life

युनाइटेड इदी मार्दीले डाक्यो साधारण सभा, ५.५ प्रतिशत बोनस शेयर

NMB Bank
  • BFIS News
  • 2024 Feb 05 10:48
युनाइटेड इदी मार्दीले डाक्यो साधारण सभा, ५.५ प्रतिशत बोनस शेयर
United Ajod

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा डाकेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले माघ १७ गते, बिहीबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया