Nepal Life

नेपाल व्यवस्थापन संघको अध्यक्षमा मोहन राज ओझा, उपाध्यक्षमा ग्लोबल आइएमईका सुमन पोख्रेल

NMB Bank
  • BFIS News
  • 2024 Feb 09 19:53
नेपाल व्यवस्थापन संघको अध्यक्षमा मोहन राज ओझा, उपाध्यक्षमा ग्लोबल आइएमईका सुमन पोख्रेल
United Ajod

काठमाडौं । नेपाल व्यवस्थापन संघको अध्यक्षमा मोहन राज ओझा चयन भएका छन् । ग्रोथ सेलर प्राइभेट लिमिटेडका संस्थापक ओझा आगामी दुई वर्षको लागि निर्वाचित भएका हुन् ।

 

Shikhar
Nepal Life
NIMB

४३ औं वर्षको स्वर्णिम इतिहास बोकेको नेपाल व्यवस्थापन संघको ४३ औं वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि १७ सदश्य नयाँ कार्यसमिति गठन भएको हो । संघको प्रथम उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोख्रेल चयन भएका छन् भने द्धितिय उपाध्यक्षमा मश्रिक बैंकका चिफ कन्ट्रि रिप्रिजेन्टिभ हेमा अधिकारी चयन भएकी छिन् ।

महासचिवमा इन्द्र श्रेष्ठ, कोषाध्यक्षमा कर्मचारी सञ्चय कोषका कार्यकारी निर्देशक कवि राज अधिकारी, सदश्यहरुमा कृषि विकास बैंकका धर्मनन्द अवस्थी, इसिमोडकी अनु जोशी श्रेष्ठ, किशोर ढुङ्गाना, मधु पौडेल, जितेन्द्र धिताल, बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नेपाल एसबिआइ बैंकका राजेश कुमार पण्डा, नर्भिक अस्पतालका सिइओ अजय कुमार मिश्र र कान्तिपुर पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत महेश श्वार चयन भएका छन् ।

आजै ४३ औं वार्षिक साधारणसभा तथा नेशनल म्यानेजमेन्ट कन्भेन्सियल सम्पन्न भएको छ । आजको एक दिने कार्यक्रम अन्तर्गत पहिलो सेसन डोमेस्टिक डेफ्थ म्यानेजमेन्ट इन नेपालको थिममा अर्थमन्त्री डा. प्रकाश शरण महतको आतिथ्यतामा सम्पन्न भएको हो ।

नेपाल व्यवस्थापन संघले आयोजना गर्दै आइरहेको म्यानेजमेन्ट अफ दि एयर अवार्ड नेपाल उद्योग बाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले प्राप्त गरेका छन् । त्यसै गरी ओमन म्यानेजर रिकग्निसन अवार्ड भने आरती चटौटले प्राप्त गरेका छन् । लाइफ टाइम कन्ट्रिव्युसन अवार्ड पद्य लाल श्रेष्ठले प्राप्त गरेका छन् भने युथ आइकन रिकग्नएसन अवार्ड भने मनोज पौडेलले प्राप्त गरेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया