Nepal Life

ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् सम्पन्न, तिलकप्रसाद धिताल राष्ट्रिय विजेता घोषित

NMB Bank
  • BFIS News
  • 2024 Feb 10 17:09
ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् सम्पन्न, तिलकप्रसाद धिताल राष्ट्रिय विजेता घोषित
United Ajod

काठमाडौं । ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् (जिएसइए) को फाइनल काठमाडौंमा सम्पन्न भएको छ। फाइलन गत हप्ता काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममार्फत् देशभरबाट १४ जना विद्यार्थी उद्यमी छानिएका थिए, जसमध्ये ६ जना फाइनलमा पुगेका थिए।

Shikhar
Nepal Life
NIMB

फाइलनलमा अञ्जना मल्ल सहसंस्थापक तथा सीइओ, दिगो नेपाल, तिलकप्रसाद धिताल चिफ फाइनान्सियल अफिसर, मेरो शिक्षा, प्रलिशा अधिकारी संस्थापक, टावर्गानिक्स नेपाल, विवेक ढकाल सहसंस्थापक तथा सीइओ, कलेज टिफिन, नवीन तिमल्सिना, संस्थापक तथा सीइओ, मास्टर साब र अर्जुन घिमिरे, संस्थापक, ड्लुप्लोड पुगेका थिए ।

निकै प्रतिस्पर्धात्मक प्रतियोगिताबाट राष्ट्रिय विजेता छनोट गरिएको थियो। यसमा मेरो शिक्षाका चिफ फाइनान्सियल अफिसर तिलकप्रसाद धिताल राष्ट्रिय विजेता घोषित भएका छन्।  यसैगरी रनर–अप मास्टर साबका संस्थापक तथा सीइओ नवीन तिमल्सिना भएका छन्। फर्स्ट रनर अपमा ड्लुप्लोडका संस्थापक अर्जुन घिमिरे छानिएका छन्। विजेताहरुले क्रमशः  लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाएका छन्।

प्रतियोगिताको सेमीफाइनल मध्य बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले होस्ट गरेको थियो । कार्यक्रममा ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् (जिएसइए) २०२३–२४ का अध्यक्ष तथा डीभी ग्रुप अफ कम्पनीजका म्यानेजिङ डाइरेक्टर तरुणप्रताप शाहले प्रतियोगीहरुलाई शुभकामना व्यक्त गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया