Nepal Life

हाथवे इन्भेष्टमेन्ट नोक्सानमा, वित्तीय सूचकमा सुधार हुन अझै बाँकी

NMB Bank
  • BFIS News
  • 2024 Feb 11 07:00
हाथवे इन्भेष्टमेन्ट नोक्सानमा, वित्तीय सूचकमा सुधार हुन अझै बाँकी
United Ajod

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनी अझै पनि नोक्सानमा देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

Shikhar
Nepal Life
NIMB

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.३५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६ करोड ४९ लाख रुपैयाँ थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४८.१८ प्रतिशत घटेको छ भने कुल खर्च १५.०५ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ४ पैसा रहेको छ। १ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया