Nepal Life

कस्तो आउला ललिता निवासको फैसला?

NMB Bank
  • BFIS News
  • 2024 Feb 15 07:42
कस्तो आउला ललिता निवासको फैसला?
United Ajod
Shikhar
Nepal Life
NIMB

 

विशेष अदालतले बालुवाटारस्थित  ललिता निवासको सरकारी जग्गा  हिनामिना प्रकरणको मुद्दामा बिहीवार (आज) फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतका प्रवक्ता  धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधवार तयार भई नसकेको हुनाले बिहीवार सुनाउने तयारी भएको हो।

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दामाथि एक महीनादेखि जारी सुनुवाइ मंगलवार सकिएको थियो। सुनुवाइ सकिएपछि बुधवार फैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले बिहीवार सुनाउने तयारी भएको हो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया