Nepal Life

गत वर्ष नाफामा रहेको घोराही यस वर्ष नोक्सानीमा

NMB Bank
  • BFIS News
  • 2024 Feb 15 08:29
गत वर्ष नाफामा रहेको घोराही यस वर्ष नोक्सानीमा
United Ajod
Shikhar
Nepal Life
NIMB

 

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड नोक्सानीमा गएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको उसले कम्पनी ४१ करोड ८४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जानकारी दिएको छ।

 गत वर्ष यसै अवधिमा १ करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो। 

यस वर्ष कम्पनी १५ करोड २६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको छ। यस वर्ष कम्पनीको वित्तीय खर्च २६ करोड ५६ लाख रुपैयाँभन्दा बढी भएको छ। गत वर्ष यस अवधिसम्म कम्पनीको वित्तीय खर्च १९ करोड ३० लाख रुपैयाँभन्दा बढी रहेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ रहेको छ। वार्षिक १८ रुपैयाँ ३२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा रहको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया