Nepal Life

सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Feb 15 12:57
सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो
United Ajod
Shikhar
Nepal Life
NIMB

 

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ। अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।  बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया