Nepal Life

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

NMB Bank
  • BFIS News
  • 2024 Feb 17 14:12
नेदरल्यान्ड्समाथि नेपालको सानदार जित
United Ajod

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित निकालेको छ। टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य नेपालले १५ दशमलव २ ओभरमा १ विकेट गुमाएर पूरा भेट्टायो।

Shikhar
Nepal Life
NIMB

नेपालका लागि ओपनर अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गर्दा कुशल भुर्तेलले आक्रामक सुरुवात दिलाएर २८ रनमा आउट भएका थिए। उनले ११ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

त्यसपछि आएका अनिल साहले अविजित ५७ रन बनाए। उनले ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै आसिफ शेखले अविजित ५४ रन बनाए। उनले ८ चौका र १ छक्का प्रहार गरे।

नेदरल्याण्ड्सका किंग्माले एकमात्र विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स खराब ब्याटिङ गर्दै ३९ ओभरमा १३७ रनमा अल आउट भयो। नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा कुशल भुर्तेलले ४ विकेट लिए। यस्तै ललित राजवंशीले २ विकेट लिँदा सोमपाल र रोहितको नाममा १/१ विकेट रह्यो।

नेदरल्याण्ड्सका स्कट इडवार्डसले सर्वाधिक ३३ रन बनाए। यस्तै बास डि लिडले २७ रन बनाउँदा सिब्राण्डले २३ रन बनाए।

नेपालले अर्को खेल अब बुधबार नामिबियासँग खेल्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया