Nepal Life

एकै व्यक्ति वा समूह बैंक र व्यवसायी हुँदा आउने समस्याबारे सरकार सचेत छ : प्रधानमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Feb 18 13:41
एकै व्यक्ति वा समूह बैंक र व्यवसायी हुँदा आउने समस्याबारे सरकार सचेत छ : प्रधानमन्त्री
United Ajod

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्याबारे सरकार सचेत रहेको बताएका छन्।
 

Shikhar
Nepal Life
NIMB

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसलाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको पनि बताए। उनले यसतर्फ थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको जानकारी पनि दिए। 

प्रधानमन्त्री दाहालले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने साथै सीमित समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको जानकारी दिए। 

उनले उद्योगी-व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया