Nepal Life

आजदेखि कोरिया भाषा परीक्षा, संख्या बढी हुँदा पाँच सिफ्टमा सञ्चालन हुने

NMB Bank
  • BFIS News
  • 2024 Feb 19 09:35
आजदेखि कोरिया भाषा परीक्षा, संख्या बढी हुँदा पाँच सिफ्टमा सञ्चालन हुने
United Ajod

काठमाडौं । आजदेखि कोरिया भाषा परीक्षा सुरु हुँदैछ। रोजगार अनुमति प्रणाली (इपिएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन हुन लागेको हो। 

Shikhar
Nepal Life
NIMB

दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको इपिएस शाखाले जनाएको छ।

इपिएस शाखा र कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ। इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा १ लाख ६४ हजार बढीले आवेदन दिएका छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया