Nepal Life

राष्ट्रको जिम्मेवारी कुल ग्राहस्थ उत्पादनको गुणात्मक विकासमा आइपरेको छ : प्रधानमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Feb 19 11:15
राष्ट्रको जिम्मेवारी कुल ग्राहस्थ उत्पादनको गुणात्मक विकासमा आइपरेको छ : प्रधानमन्त्री
United Ajod

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने चुनौति रहेको बताएका छन्। यसका लागि उनले कुल ग्राहस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी आइपरेको उल्लेख गरे।

Shikhar
Nepal Life
NIMB

राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सैनिकमञ्च टुँडिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने अवस्था आएको बताए।

“परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनु छ”, प्रधानमन्त्रीले भने, “रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नु छ। युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ । नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ।” 

उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुने भन्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित संस्थागत विकास, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, राज्य सञ्चालन प्रक्रियामा नागरिकको सक्रिय सहभागिताबाट मात्र जनअधिकार र जनजीविकाको सुदृढीकरण एवं समाजवादको आधार तयार हुनसक्ने बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया