Nepal Life

एलजी इलेक्ट्रोनिक्सलाई एआईएमएस सर्टिफिकेसन

NMB Bank
  • BFIS News
  • 2024 Feb 20 08:33
एलजी इलेक्ट्रोनिक्सलाई एआईएमएस सर्टिफिकेसन
United Ajod

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स (एलजी) ले कोरियन स्ट्याण्डर्ड एसोसिएसनबाट एआई प्रबन्धन प्रणाली (एआईएमएस) सर्टिफिकेसन
(आइएसओ-आईइसी ४२००१) प्राप्त गरको छ।

Shikhar
Nepal Life
NIMB

एआईएमएस प्रमाणीकरणको अधिग्रहणले सुरक्षा, निष्पक्षता, पारदर्शिता र जवाफदेहितालगायत आफ्ना एआई उत्पादन र सेवासँग सम्बन्धित सम्भावित मुद्दामा कडा नियन्त्रण सुनिश्चित गर्न एलजीको निरन्तर र व्यवस्थित प्रयासलाई स्वीकार गर्दछ ।

यो सर्टिफिकेसनले एलजीको एआई प्रयोग गरिएका घरलु उपकरणमा जिम्मेवारपूर्ण तवरले एआई म्यानेजमेन्ट गरिएको र डेटा सुरक्षालाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ।

एलजीले ग्राहकको विश्वास बढाउन र आफ्नो प्रतिस्पर्धात्मकतालाई बलियो बनाउने लक्ष्य राखेको जनाएको छ।

साथै, एलजीले कोरिया इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीबाट एआईमा आधारित एलजी वासटावरका लागि एआई सेफ्टी सर्टिफिकेसन पनि प्राप्त गरेको छ।
 
नेपालभर एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया