Nepal Life

ओलीले भने - देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरुविरुद्ध हमला भइरहेको छ, सरकार किन मौन?

NMB Bank
  • BFIS News
  • 2024 Feb 20 15:29
ओलीले भने - देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरुविरुद्ध हमला भइरहेको छ, सरकार किन मौन?
United Ajod

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र समाप्त पार्न केही व्यक्तिहरुले बैंकहरूविरूद्ध हमला गरिरहेको आरोप लगाएका छन्।

Shikhar
Nepal Life
NIMB

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘एउटा अभियान छ फेरि, देशको अर्थतन्त्र समाप्त पार्नका लागि बैंकविरूद्धको हमला गर्ने। एकदमै नियोजित ढंगले बैंकविरूद्ध हमला, ताकि मानिसहरूको निक्षेप पनि डुबोस्, बैंकहरू पनि डुबुन् र सबै आयोजनाहरू बैंक डुब्ने बित्तिकै कोल्याप्स होस् भन्ने। त्यस प्रकारका प्रयासहरू भएका छन्।’

दुर्गा प्रसाईंलाई लक्षित गर्दै ओलीले नियोजित तरिकाले हमला गरी बैंकहरूलाई डुबाउन खोजिएको बताए। उनले त्यसविरूद्ध लड्न सरकारसँग कुनै सोँच नभएको पनि आरोप लगाए। उनले सरकार मौन बसेकोमा आपत्ति जनाए।

दुर्गा प्रसाईं पछिल्लो समय बैंकहरुप्रति आक्रामक रुपमा अभिव्यक्ति दिइरहेका छन्। उनले आमसर्वसाधारणलाई उक्साउने गरी बैंकहरुको नामै किटेर ऋण नतिर्न र संस्थै डुब्न लागेको भन्दै अफवाह फैलाइरहेका छन्।

पछिल्लो पटक उनले एनआइसिको नाम नै लिएर बुधबार सामाजिक सञ्चालमा लेखेका थिए, 'एनआइसी एसिया बैंक डुब्दै, बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला। सञ्चालक भागे भने सहकारीका बचतकर्ताको जस्तो हालत होला। बेलैमा होस् पुयाउनु होला।'

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया