Nepal Life

काभ्रे कृषि महोत्सवमा ६ करोड बराबरको कारोबार

NMB Bank
  • BFIS News
  • 2024 Feb 21 15:11
काभ्रे कृषि महोत्सवमा ६ करोड बराबरको कारोबार
United Ajod

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा यही फागुन पहिलो साता आयोजित काभ्रेपलाञ्चोक बृहत् कृषि महोत्सवमा रु ६ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

मूल आयोजक एवं संयोजकत्व गरेको जिल्ला समन्वय समितिको समन्वयमा यही फागुन ४ देखि ७ गतेसम्म बनेपामा सञ्चालित महोत्सवमा १ लाख ५० हजारले अवलोकन गरेको जनाइएको छ।

जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजको प्रर्दशनी तथा बजारीकरण तथा कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै कृषि पेसामा लाग्नका लागि नागरिकलाई उत्प्रेरित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

समितिका प्रमुख दीपक गौतमद्वारा जारी विज्ञप्तिमा कृषिजन्य उपजहरुको बिक्री–वितरण रु २ करोड, यन्त्र, औजार, उपकरणको बिक्री तथा अर्डरसमेत गरी रु २ करोड, होटल व्यवसाय तथा रैथाने परिकारतर्फ रु १ करोड ५० लाख र अन्य सहयोगी क्षेत्र र गैरकृषितर्फ रु ५० लाख कारोबार भएको उल्लेख गरिएको छ।

महोत्सवमा कृषि प्रविधि, रैथाने बाली, खाद्यान्न, बीउ, ताजा तरकारी, दुग्धजन्य उत्पादन, लप्सी–क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपज, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घीउ, कोल्ड च्याम्बर प्रविधिलगायत सामग्रीका १५३  प्रदर्शनी कक्ष राखिएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया