Nepal Life

सफलताको कथा : छोराछोरी बिरामी भएपछि महेशले जन्माएको 'केन्ट आरओ'

NMB Bank
  • BFIS News
  • 2024 Feb 22 08:30
सफलताको कथा : छोराछोरी बिरामी भएपछि महेशले जन्माएको 'केन्ट आरओ'
United Ajod

काठमाडौं । यदि तपाईंले जीवनमा केहि ठूलो गर्ने निर्णय गर्नुभयो भने प्रयास गर्नुस् त्यो अवश्य पूरा हुन्छ। कतिपय मानिसहरु कठिन परिस्थितिबाट डराउनुको सट्टा सफलताको बाटो सजिलै पहिल्याउँछन्। महेश गुप्ता यस्तै मध्येका एक व्यक्ति हुन्।

Shikhar
Nepal Life
NIMB

जसले फोहोर पानीले आफ्ना छोराछोरी बिरामी पर्दा वाटर प्युरिफायर बनाउने निर्णय गरे र आज उनी ११ सय करोडको कम्पनी 'केन्ट आरओ'का मालिक भएका छन्। केन्ट जसको विज्ञापनमा अभिनेत्री हेमा मालिनी देखिन्छिन्।

आज बजारमा धेरै कम्पनीका वाटर प्युरिफायर पाइन्छन्। एउटा यस्तो समय पनि थियो जब भारतमा फोहोर पानीका कारण धेरै मानिस बिरामी पर्थे। महेश गुप्ताका दुई बच्चालाई पनि फोहोर पानीका कारण जन्डिस भएको थियो। त्यतिबेला बजारमा धेरैजसो वाटर प्युरिफायरहरू पराबैजनी प्रविधिमा आधारित थिए। जसका कारण महेश गुप्तालाई आरओ बनाउने आइडिया आयो।

आईआईटी कानपुरबाट मेकानिकल इन्जिनियरिङ पढेपछि महेश गुप्ता सरकारी कम्पनी इन्डियन आयलमा राम्रो पदमा कार्यरत थिए। तर आरओ बनाउनका लागि उनले जागिर छाड्नुपर्‍यो।

उनीसँग २० हजार रुपैयाँ बचत थियो, जसबाट उनले मेम्ब्रेन र पम्प जडान गरेर होम प्युरिफायर बनाएका थिए। ६ महिनासम्म निरन्तर काम गरिरहे तर पनि सुद्ध पानी आउन सकेको थिएन।

उनले प्युरिफायरको माध्यमबाट अशुद्धताबाट पानी सुद्ध गर्न रिभर्स ओस्मोसिस प्रविधि विकास गरे। जसका कारण उनले आफ्नो समस्याको समाधान र सफल प्युरिफायर पनि पाए ।

उनले सन् १९९९ मा सफलता हात पारे। उनले बजारमा सस्तोमा वाटर प्युरिफायर बेच्न थाले। यसबाट प्राप्त हुने नतिजाबाट खुसी भएर जनताले यसमा धेरै विश्वास देखाए।

 अहिले केन्ट आरओ राम्रो उत्पादन र उत्कृष्ट मार्केटिङ रणनीतिको आधारमा सफलताको माथिल्लो स्तरमा पुगेको छ। केन्ट आरओकी ब्रान्ड एम्बेसडर अभिनेत्री हेमा मालिनी हुन्। आज यो कम्पनीले आरओसँगै अन्य धेरै उत्पादनहरू पनि बनाउँछ। यसको कारोबार ११ सय करोड नाघेको छ। (सवै रकम भारतीय रुपैयाँमा)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया