Nepal Life

लगातार घट्दै आएको नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट

NMB Bank
  • BFIS News
  • 2024 Feb 22 18:34
लगातार घट्दै आएको नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट
United Ajod

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७६ अङ्कले ओरालो लागेर दुई हजार पाँच दशमलव ८३ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ५९ दशमलव ५७ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।

कूल ९५ लाख १८ हजार ७५ कित्ता शेयर रु तीन अर्ब २० करोड ६१ लाख ६७ हजार २५ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु १४ करोड ८७ लाख ९७ हजार एक सय ७८ बराबरको कारोबार भयो। गुर्खाज फाइनान्स रु १४ करोड एक लाख १० हजार छ सय ८८,जोशी हाइड्रोपावर रु आठ करोड ९३ लाख ४८ हजार एक सय ६१, एनआइसी एसिया बैंक रु छ करोड ४० लाख ३८ हजार एक सय ८० र न्यादी ग्रुप पावरको रु छ करोड २४ लाख ४० हजार तीन सय ३५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। जोशी हाइड्रोपावर नौ दशमलव ८७, सामलिङ पावर नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु आठ दशमलव २४, बोटलर्स नेपाल तराईका लगानीकर्ताले पाँच दशमलव ७३ प्रतिशतले कमाएका छन्।

यस्तै हिमालयन ऊर्जा विकास कम्पनी सात दशमलव ६०, बाराही हाइड्रोपावर छ दशमलव ६७, पिपल्स पावर कम्पनी छ दशमलव २६, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव १३ र रावा इनर्जी डेभलपर्सका लगानीकर्ताले पाँच दशमलव शून्य आठ प्रतिशतले गुमाएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया