Nepal Life

नलगाड हाइड्रोपावरले माग्यो प्रमुख कार्यकारी अधिकृत

NMB Bank
  • BFIS News
  • 2024 Feb 26 08:12
नलगाड हाइड्रोपावरले माग्यो प्रमुख कार्यकारी अधिकृत
United Ajod

काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा विज्ञापन खोलेको छ। कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट उक्त पदमा पदपूर्ति गर्नुपर्ने जनाएको छ।

Shikhar
Nepal Life
NIMB

इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८०।११।२९ गतेभित्र) कार्यालय समयमा कम्पनीको काठमाडौं-१०, मध्य वानेश्वरस्थित केन्द्रीय कार्यालयमा आवश्यक विवरणसहित दरखास्त पेश गर्न सक्नेछन्।

पदका लागि ३५ वर्ष पूरा गरी ६१ वर्ष ननाघेको हुनुपर्ने छ भने मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ्ग विषयमा स्नातकपछि जलविद्युत् क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभव र अन्य पूर्वाधार क्षेत्रको कार्य अनुभव गरी १२ वर्षको अनुभव वा स्नातकपछि जलविद्युत् क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभव, अन्य पूर्वाधार क्षेत्रको कम्तीमा २ वर्षको कार्य अनुभव र मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापनको अनुभव गरी जम्मा कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया