Nepal Life

आगामी आर्थिक वर्षमा एक खर्ब बढी रकम ऋण भुक्तानीका लागि छुट्याउनुपर्ने अवस्था छ : अर्थमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Feb 26 13:56
आगामी आर्थिक वर्षमा एक खर्ब बढी रकम ऋण भुक्तानीका लागि छुट्याउनुपर्ने अवस्था छ : अर्थमन्त्री
United Ajod

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा ऋणको भुक्तानीको लागि मात्रै एक खर्ब रुपैयाँभन्दा बढी बिनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

आर्थिक वर्ष २०८१/०८२ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले मुलुकको अर्थतन्त्र लयमा फर्किए पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भने भइनसकेको बताए।

अर्थमन्त्री महतले भे, ‘‘लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीति बिचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको छ।’’

आर्थिक क्रियाकलापको संरचना र प्रविधिमा आएको परिवर्तनका कारण राजश्व संकलनमा चुनौती थपिएको उनले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया