Nepal Life

बिवाइडीको नयाँ योजना : प्रत्यक्ष युरो कप २०२४ हेर्ने अवसर

NMB Bank
  • BFIS News
  • 2024 Feb 27 08:37
बिवाइडीको नयाँ योजना : प्रत्यक्ष युरो कप २०२४ हेर्ने अवसर
United Ajod

काठमाडौं । नेपालका लागि बिवाइडी अटोको अधिकृत वितरक सिमेक्स इन्क प्रालिले युरो कप २०२४ को अवसरमा नयाँ योजना सार्वजनिक गरको छ। कम्पनीले बिवाइडी युरो फिफा कप २०२४ को इ मोबिलिटी पार्टनर रहेकाले यस स्किमले बीवाइडीका फुटबल प्रेमी ग्राहकलाई जर्मनीमा गई प्रत्यक्ष रुपमा युरो कपका खेलहरु हेने मौका दिने बताइएको छ।

Shikhar
Nepal Life
NIMB

युरो फिफा कप २०२४ आगामी जुन १४ देखि जुलाइ १४ सम्म जर्मनीमा हुँदैछ। युनियन अफ युरोपियन फुटबल एसोसिएसन र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बीवाइडीसँगको सम्झौता महत्वपूर्ण साझेदारी रहेको कम्पनीको दाबी छ।

नविन प्रयोग र आविष्कारका साथ आफ्ना ग्राहकवर्गको सन्तुष्टिमा सदैव प्रतिवद्ध सिमेक्स इन्क प्रालिका अनुसार ११ भाग्यशाली विजेताले युरो कपमा  आफैं उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउनेछन्। यस स्किमद्वारा ग्राहकलाई फुटबलको यो प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविष्मरणीय अनुभव प्रदान गने लक्ष्य बीवाइडीको रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया