Nepal Life

टेरामक्स र वाइडबडी प्रकरण अनुसन्धानको अन्तिम चरणमा छौं, चाँडै बाहिर आउँछ : अख्तियार प्रमुख राई

NMB Bank
  • BFIS News
  • 2024 Feb 27 16:09
टेरामक्स र वाइडबडी प्रकरण अनुसन्धानको अन्तिम चरणमा छौं, चाँडै बाहिर आउँछ : अख्तियार प्रमुख राई
United Ajod

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिए र चाँडै रिजल्ट पनि बाहिर आउने बताएका छन्।

Shikhar
Nepal Life
NIMB

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा उनले केही समयमा नै आयोगले मुद्दा दायर गर्ने तयारी गरेको जानकारी दिए। 'टेरामक्समा करिब बयान टुंगो लगाएको छ । अध्ययन अनुसन्धानको काम भइरहेको छ । केही समयमा रिजल्ट आउँछ । अन्तिम चरणमा छौँ,' राईले भने।

यो प्रकरणमा अख्तियारले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन संचारमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीसँग बयान लिएको थियो।

यस्तै राईले वाइडवडी जहाज खरिदसम्बन्धी अनुसन्धान पनि अन्तिम चरणमा पुर्‍याएको बताए। अनुसन्धान करिब अन्तिम चरणमा पुगे पनि विश्वका अन्य देशबाट सूचना प्राप्त गर्न समस्या भएको उनले गुनासो गरे।

उनले विश्वका अन्य देशबाट सूचना प्राप्त गर्न नसक्दा अन्य अनुसन्धानमा पनि समस्या भएको बताए। 'अहिले नेपाल बाहिर गएर डिल गर्ने र कारोबार गर्ने काम भइरहेका छन्, हामीले सूचना पाउन नसक्दा अनुसन्धान प्रभावित हुने गरेको छ,' राईले भने।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया