Nepal Life

सर्वोत्तमको आइपिओ भर्नुभयो? आज अन्तिम दिन हो है

NMB Bank
  • BFIS News
  • 2024 Feb 28 07:58
सर्वोत्तमको आइपिओ भर्नुभयो? आज अन्तिम दिन हो है
United Ajod

काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन १३ गतेदेखि निष्कासन गरेको प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आइपिओमा आज ५ बजेसम्म आवेदन दिन सकिनेछ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आइपिओ जारी गरेको छ। लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।  

यसैबीच, बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टमा सर्वसाधारण लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ। कम्पनीले निष्काशन गरेको आइपिओमा १० गुणा बढि आवेदन परेको सिडिएससीले जनाएको छ।

तीन दिनमा ५ लाख २४ हजार ७८ जनाले आवेदन दिएका छन्। बुक विल्डिङ विधिबाट प्रिमियम मूल्य निर्धारण गरेको सर्वोत्तमको आइपिओमा १० अर्ब २ करोडको लागि आवेदन परेको छ। सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता निष्काशन भएकोमा २ करोड ८३ लाख २७ हजार ६१० कित्ताको लागि आवेदन परेको हो।

प्रतिकित्ता ३६०.९ रुपैयाँको दरले ५० कित्ताका लागि आवेदन दिदा १८ हजार ४५ रुपैयाँ आवश्य पर्नेछ। लगानीकर्ताले न्युनतम पनि ५० कित्ता शेयर पाउने भएकाले उक्त शेयर भाग्यमानी ५५ हजार ५२१ जनाले मात्रै हात पार्नेछन्। उनिहरु मध्ये ६ जनाले लक्की ड्र मार्फत थप एक एक कित्ता सहित ५१ कित्ता प्राप्त गर्ने छन्। अव सबै लगानीकर्ताले गोलाप्रथाबाटै शेयर प्राप्त गर्नेछन्।

यो पनि,

बुक विल्डिङ विधिबाट पहिलो पटक आइपिओ निष्काशन गरेको सर्वोत्तममा सर्वाधिक आकर्षण, १० गुणा बढि आवेदन

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया