Nepal Life

नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

NMB Bank
  • BFIS News
  • 2024 Feb 28 15:21
नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित
United Ajod

काठमाडौं । नेपालले नेदरल्याण्ड्ससँग पनि हार ब्यहोरेको छ। जारी त्रिदेशीय टी-२० सिरिजमा नेपालको यो लगातार दोस्रो खेलमा दोस्रो हार हो। दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि अन्तिम ओभरको चौथो बलमा दीपेन्द्र आउट भएसँगै नेपाल २ रनले पराजित भएको हो। त्यसअघि तेस्रो बलमा करन केसी रन आउट भएका थिए। दीपेन्द्रले अगाडि बढेर खेल्न खोज्दा बोल्ड आउट भएका थिए।

Shikhar
Nepal Life
NIMB

नेपाललाई अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक थियो। पहिलो बलमा ऐरीले चौका प्रहार गरे, दोस्रो बलमा उनले छक्का प्रहार गर्दै नेपाललाई जित नजिक ल्याएका थिए। तर तेस्रो बलमा दुई रन लिन खोज्दा करन रन आउट भए त्यसको अर्को बलमा ऐरी पनि आउट भएपछि नेपाल दबाबमा आयो।

त्यसपछि ब्याटिङमा आएका प्रतिश जिसिले पाँचौ बल डट खेले र अन्तिम बलमा पनि बाउन्ड्रि प्रहार गर्न सकेनन्। उनले अन्तिम बलमा १ रन लिँदा नेपाल २ रनको हार बेहोर्न बाध्य भयो।

नेपालका लागि ऐरीले सर्वाधिक ६३ रन बनाए। यस्तै कप्तान रोहित पौडेलले ५० रन बनाउँदा आसिफ सेखले ३४ रन बनाए। आज पनि कुशल भुर्तेल विना कुनै रन बनाइ आउट भए। नेदरल्याण्ड्सका लागि साइब्रान्ट इगेलब्रेट र भान डेर मेरविले २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो। उसका माइकल लेभिटले ५४ तथा साइब्रान्टले अविजित ४९ रन बनाए। यस्तै स्कट इडवार्डले ३३ रन बनाउँदा तेजाले ३१ रन बनाए। नेपालका करन केसी र कुशल मल्लले समान १/१ विकेट लिए।

नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया