Nepal Life

नेदरल्याण्ड्सविरुद्धको जितसँगै नेपाल त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा

NMB Bank
  • BFIS News
  • 2024 Mar 02 15:08
नेदरल्याण्ड्सविरुद्धको जितसँगै नेपाल त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा
United Ajod

काठमाडौं । नेपालले त्रिकोणात्मक सिरिजमा दोस्रो जित निकालेको छ। आज भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

Shikhar
Nepal Life
NIMB

नेपालले सिरिजका सुरुवाती दुई खेल लक्ष्य नजिक पुगेर गुमाएपनि पछिल्ला दुई खेलमा कमब्याक गर्‍यो। पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो। त्यसपछि शुक्रबार भएको तेस्रो खेलमा नेपाल नामिबियाविरुद्ध ३ रनले विजयी भएको थियो।

आज भएको चौथो खेलमा नेदरल्याण्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाउँदा गुल्शन झाले ३८ रन बनाए। नेदरल्याण्ड्सका भिभियन किंग्माले ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ दशमलव ३ ओभरमा सबै  विकेट गुमाउँदै १२० रन बनाएको थियो। उसका लागि म्याक्स ओ'डाउडले सर्वाधिक ३१ रन बनाउँदा टिम गगटेनले २४ रन बनाएका थिए। यस्तै रोइलोफ मेर्विले २३ रन बनाए।

नेपालका प्रतिश जिशीले कसिलो बलिङ गर्दै ४ ओभरमा १३ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनी म्यान अफ दि म्याच पनि घोषित भए। यस्तै करन केसी र कुशल मल्लले २/२ विकेट लिए।

अब आइतबार हुने नामिबिया र नेदरल्याण्ड्सको खेलपछि फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। नेपालले आजको खेलमा नेट रनरेट बलियो बनाएसँगै फाइनल प्रवेश गरेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया