Nepal Life

यी हुन् विभागले बिक्रीवितरणमा रोक लगाएका न्यून गुणस्तरका तीन औषधि

NMB Bank
  • BFIS News
  • 2024 Mar 02 15:15
यी हुन् विभागले बिक्रीवितरणमा रोक लगाएका न्यून गुणस्तरका तीन औषधि
United Ajod

काठमाडौं। औषधि व्यवस्था विभागले तीनवटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ।

Shikhar
Nepal Life
NIMB

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताए।

उनका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो।

उनले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया