Nepal Life

पोष्टमार्टम रिपोर्ट भन्छ : १४ वर्षिया सालिनको मृत्यु झुण्डिएर भयो

NMB Bank
  • BFIS News
  • 2024 Mar 03 14:31
पोष्टमार्टम रिपोर्ट भन्छ : १४ वर्षिया सालिनको मृत्यु झुण्डिएर भयो
United Ajod

चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी १४ वर्षीया सालिन पोख्रेलको पोष्टमार्टम रिपोर्टले झुण्डिएर मृत्यु भएको देखाएको छ।

Shikhar
Nepal Life
NIMB

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको जाँचको प्रतिवेदनमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख गरिएको स्रोतले बताएको छ।

रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोख्रेल गत फागुन १२ गते बिहान घाँटीमा पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन्।

मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै किटानी जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले प्रधानाध्यापकसहित तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि फेला पारेको जनाएको थियो। उक्त नोटमा आफूले बाँच्न नचाहेको भन्ने विवरण उल्लेख गरिएको थियो। उक्त नोट पनि उनले लेखेको हो वा होइन भन्ने कुरा परीक्षण भइरहेको प्रहरीले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया