Nepal Life

सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड

NMB Bank
  • BFIS News
  • 2024 Mar 05 13:23
सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड
United Ajod

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएको छ।

Shikhar
Nepal Life
NIMB

अघिल्लो दिन प्रतितोला रु एक लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार चार सय कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २० हजार चार सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ले बढेर रु एक हजार चार सय ४५ तोकिएको महासङ्घले जनाएको छ।

यसअघि गत पुस १२ गते प्रतितोला रु एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो। त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया